धनगढी: सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ११३ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धनगढीका ५ जना यस्तै धनगढीबाहेक कैलालीका ३ जना र अन्य जिल्लाका ५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार भइरहेका छन् ।
जसमध्ये १ जना भेन्टिलेटर ११ जना आइसियूमा, ५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ९ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।