अछाम ३० चैत/ अछाममा विप्लव नेतृत्वको नेकपाका नेता एक महिलासँग अवैध क्रियाकलाप गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर बारलामा विप्लव नेतृत्वको नेकपा अछामका नेता पदम बिक एक महिलासँग अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
स्थानीय एक विवाहित महिलासॅग नियमित अवैध क्रियाकलाप गर्नेगरेको थाह पाएपछि महिलाका श्रीमान र आफन्तले निगरानी गरिरहेका थिए । सधै जसो हिजो बेलुका महिलाको कोठामा प्रवेश गरेपछि आफन्तले रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएको जानकारी प्राप्त भएको छ ।अनैतिक क्रियाकलापमा संलग्न भएका उनलाई प्रहरी चौकिमा बुझाएपछि आफू बिप्लव माओवादीको प्रभावशाली नेता भएको भन्दै छाड्न दवाव दिएका थिए । आफूलाई नछाडे ठीक नहुने भन्दै प्रतिकार गर्न तम्सेका उनलाई तत्काल प्रहरी चौकीमा पुऱ्याएको स्थानियको भनाई रहेको छ ।
बिप्लव नेतृत्वको माओवादीमा रहेका बिकले आफूले गल्ती गरेको र यो झमेलाबाट मुक्त गरे तत्काल कॅाग्रेस प्रवेश गर्ने प्रतिबद्धता ब्यक्त गरेको थाह भएको छ । ती महिलासँग विकको विगत देखी नै हिमचिम हुँदै आएको स्थानीयको दाबी छ
