धनगढी २९ चैत/ नेकपा एमाले खनाल नेपाल समूहले सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा पार्टी अध्यक्षहरुलाई नियुक्त गरेको छ।आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटी घोषणा गरेका हुन्। जसअनुसार कैलाली जिल्ला कमिटी अध्यक्ष दीर्घबहादुर सोडारी चयन भएका छन्।
कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवन राज थापा, सचिव रणबहादुर महरा, उपसचिव रविन्द्र कुँवर, कार्यालय सचिव मोहनसिंह रावललाई नियुक्त गरिएको छ।
यस्तै डडेल्धुरा जिल्ला कमिटीः अध्यक्ष डा।तारा जोशी, उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, सचिव धनबहादुर साउद, उपसचिव शकुन्तला नगरकोटी र कार्यालय सचिव जिल्ला कमिटीले तय गर्ने बताइएको छ।नेपाल समूहले बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल चयन गरेका छन्। उपाध्यक्ष जिल्ला कमिटीले चयन गर्ने बताइएको छ। सचिवमा पुरबहादुर राउत, उपसचिव निरबहादुर शाही बनेका छन्।
बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिव हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्ट चयन भएकी छन्।अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव, उपसचिव र कार्यालय सचिवको चयन जिल्ला कमिटीको बैठकले गर्ने विज्ञप्तीमार्फत् बताइएको छ।
डोटी जिल्ला कमिटीको अध्यक्षमा चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा बनेका छन्। सचिव जिल्ला कमिटीको बैठकले चयन गर्ने विज्ञप्तिमा उल्लेख छ। कमिटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिव खड्कबहादुर कठायतलाई चयन गरिएको छ।
बझाङ जिल्ला अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव दमनबहादुर भण्डारी, उपसचिव धनबहादुर बोहरा, कार्यालय सचिव सुरतबहादुर सिंह चुनिएका छन्।
