धनगढी : बोलन्या थलीले धनगढीमा शान्तिपुर्ण आन्दोलन गरेको छ । डेढ बर्षअघि भारतमा सडक दुर्घटनामा परि दुईटै खुट्टा फ्याक्चर भएका डडेल्धुराको गन्यापधुरा २ कोरगाउका २७ वर्षीय दिलबहादुर दमाईलाई ‘कि सास दे कि सल्फास दे’ भन्दै बोलन्या थलीको युनिट मुख्यमन्त्री कार्यालय पुगेको हो ।
हातमा कचौरा लिएर दमाईको उपचारका लागि आर्थिक सहयोग गरिदिन भन्दै मन्त्रालय पुगेको हो । रोजगारीका लागि भारतको मुम्बईमा पुगेको तीन दिनमै सडक दुर्घटनामा परेका उनी अहिले जीवन र मरणको अवस्था छन् ।
अहिलेसम्म खुट्टाको उपचारका लागी आफन्तको सहयोग र ऋण जोहो गर्दै दिलको उपचारमा जुटे तर ऋण जोहो गरेको पैशााले दिलको उपचार हुन सकेको छैन । थप उपचार खर्च जुटाउन नसक्दा छोरो त्यतिकै सड्ने अवस्थामा रहेको छ ।
दिल दमाईका एक छोरा,एक छोरी र श्रीमती रहेका छन् । भने परिवारमा आमा,बुबा,दुई दाई सहित १८ जना रहेका छन् । परिवारले मंगलबार बोलन्या थलीको सेटमा धनगढीमा पुगेर दिल दमाईको थप उपचारका लागी सक्दो आर्थिक सहयोग गरिदिन भन्दै सबैमा अपिल गरेका छन् ।
आर्थिक सहयोगका लागि मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ छ भने आर्थिक सहयोग गर्न चाहनेहरूका लागि दिल बहादुर दमाईको वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० रहेको छ ।


