धनगढी, ६ पुस/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको मन्त्रीमण्डालमा अहिले दुई मन्त्रालय बिहिन भएका छन् । ओली समुहमा लगेको भन्दै मुख्यमन्त्रीले भौतिक पुर्वाधार मन्त्रालयका मन्त्री पठानसिह बोहरालाई पदमुक्त र आर्थिक ममिलामन्त्री झपट बोहराले राजीनामा दिएपछि अहिले सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद् दुई मन्त्रालय बिहिन भएको छ ।
अहिले दुई मन्त्रालय बिहिन भएपछि दुबै मन्त्रालय मुख्यमन्त्री भट्टले आफ्नै मातहतमा राखेका छन् । सुदूरपश्चिम प्रदेशमा मन्त्री हुने दाउमा अन्य प्रदेश सदस्यहरु दाडधुमा छन् । मुख्यमन्त्रीलाई मन्त्रीमण्डल बिस्तार गर्न निकै सकस भएको छ । यही प्रश्नका कारण मुख्यमन्त्री भट्ट अहिले संचारकर्मीबाट पन्छिदै आएका छन् । बुधबार मुख्यमन्त्री भट्टलाई मन्त्रीमण्डल कहिले बिस्तार हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा आक्रोशित हुदै भोली जवाफ दिउला भन्दै आक्रोशित हुदै आफ्नो कार्यकक्षमा पसेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रालय रिक्त भएको महिना दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । गुटगत राजनिती र पदको आन्तरीक भागबण्डाका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुदा प्रदेश सरकारका काम कारवाहीमा प्रभाव परेको छ ।