धनगढी, २६ पुस
धनगढी उप–महानगरपालीकाले राजश्व सुधार कार्ययोजनाका बारेमा छलफल थालेको छ ।
आगामी तीन बर्षको राजश्वमा सुधार ल्याउनका लागि कार्ययोजना बनाउन छलफल गरिएको हो । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले करका दर भन्दा पनि करको दायरा कसरी बढाउन सकिन्छ भन्नेमा छलफल भएको बताए । उप–महानगरपालिकामा आफुहरुको नेतृत्व आएपछि कर घटाएका थियौं नगरप्रमुख वडले भने,‘यस अवधीमा पनि करको दायरा बढाउने काम हुने छ । नगरप्रमुख वडले राजश्वमा सुधार ल्याउनका लागि नगरवासीलाई कर तिर्नका तयार बनाउन सक्नुपर्ने बताए ।
धनगढी उप–महानगरपालिका उप–प्रमुख सुशीला मिश्र भट्टले तुलनात्मक रुपमा धनगढी उप–महानगरपालिकाले करको दर न्यून रहेको बताईन । सरकारको श्रोत भनेको राजश्व नै हो उनले भनिन्, केहि त लिने नै भयो ।’
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले राजश्व सुधार कार्ययोजना निर्माणका लागि वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु संग छलफल गरिएको बताए ।