काठमाण्डौ १५ पुस/ नेकपा ओली समूहका नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले पार्टी एकता कमजोर बनाउन बाह्य शक्तिको चलखेल भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेकपा ओली समूह सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेला तथा प्रशिक्षणमा चौधरीले ‘प्रचण्डले के चाहेर एकता गरे र किन पार्टी फुटाए भनेर इतिहासले सावित गर्ने’ बताए।
यसअघि आन्दोलन गर्न कहिल्यै सडकमा नदेखिएका प्रचण्ड अहिले पोस्टर टाँगेर सडकमा आउनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले प्रम केपी ओलीले आफूलाई सरकारमा प्रतिनिधित्व गर्ने अवसर दिएपछि प्रचण्ड आत्तिएको बताए। तत्कालीन माओवादी केन्द्रका नेता चौधरी पछिल्लो पटक नेकपामा फुट आएपछि ओलीतिर लागेका छन्।