धनगढी, ९ पुस
धनगढी उप–महानगरपालिका वडा नं १२ मा बिहीबार खानेपानी सरसफाई स्वच्छता सामाग्री वितरण गरिएको छ ।
नेपाल रेडक्रस जिल्ला शाखा कैलालीद्धारा संचालित कोभिड –१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिका वडा नं जुगेडा ए गाउँमा खानेपानी सरसफाई स्वच्छता सामाग्री वितरण गरिएको हो । खानेपानी सरसफाई स्वच्छता सामाग्री धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र वडा नं १२ का वडा अध्यक्ष गणेश प्रसाद जोशीले वितरण गरेका थिए । नगरप्रमुख वडले कोरोना भाईरसको जोखिमबाट जोगिनका लागि सरसफाई महत्वपूर्ण भएको बताए । नगरप्रमुख वडले भने, भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले हात मिचिमिचि धोएमा जोखिबाट बच्च सकिन्छ ।’
नेपाल रेडक्रस जिल्ला शाखा कैलाली शाखा कोभिड –१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका जिल्ला परियोजना सम्पर्क ब्यक्ति विकास नेपालीले कार्यक्रमको संयोजन गरेका थिए ।