धनगढी , ८ पुस
सिमान्तकृत बालिकाहरुको शिक्षामा पहुँच बढाउनका लागि कैलालीमा स्थानीयतह बिच सिकाई तथा अनुभव आदानप्रदान थालिएको छ ।
स्थानीयतहका जनप्रतिनिधीहरु, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखाका प्रतिनिधीहरुले आफ्नो स्थानीयतहले सिमान्तकृत बालिकाहरुको शिक्षामा पहुँच अभिबृद्धीका गरेका राम्रा अभ्यासहरुलाई आदानप्रदान गरिरहेका छन् । सुदूरपश्चिमका झण्डै एक दर्जन स्थानीयतहका सरोकारवालाहरु कार्यक्रममा सहभागि छन् । तीन दिन सम्म चल्ने कार्यक्रमले नयाँ सिकाईहरु दिने आशा गरिएको छ ।
निकै राम्रो गरि अनुभवको आदानप्रदान भैरहेको छ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘ एउटा स्थानीयतहले गरेको राम्रो अभ्यास अर्को स्थानीयतहले कार्यान्वयनमा ल्याउन सक्ने भएकाले पनि कार्यक्रम उपलब्धीमूलक हुने छ । बालिका शिक्षा प्रतिको सोचमा परिवर्तन ल्याउनका लागि अभिभावकहरुको पनि सहभागिता खोजिनुपर्छ नगरप्रमुख वडले भने, यसका साथै विद्यालयमा पनि छात्रामैत्री वातावरण तयार गर्नुपर्ने देखिन्छ । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले पछिल्लो ५ बर्ष यता बालिकाको शिक्षामा सुधार आएको बताए । उनले भने, यसका लागि अभिभावकहरुलाई पनि बालिका शिक्षाका बारेमा साक्षर बनाउनु पर्छ भन्ने हाम्रो अनुभवले देखाएको छ ।

बालिकाहरुको शिक्षामा सुधार ल्याउनका लागि उनिहरुको अतिरिक्त समय पनि पठनपाठन मै लगाउनु हो ब्याकवार्ड सोसाईटी ( बेस) का निर्देशक चुर्न चौधरीले भने, जसले गर्दा उनिहरुलाई विद्यालयमा नियमित बनाउन सकिन्छ । ब्याकवार्ड सोसाईटी ( बेस) का संयोजक लक्ष्मण चौधरीले सीमान्तकृत बालबालिकाको शिक्षामा सहयोग परियोजना (स्टेम) संचालन भएका स्थानीयतह बिच एउटै मञ्चमा भेला गरेर सिकाई तथा अनुभव अदान प्रदान गर्ने वातावरण बनाएको बताए । उनले भने, स्टेम परियोजना मर्सिकोर र यूकेऐडको सहयोगमा ब्याकवार्ड सोसाईटी ( बेस) ले संचालन गरेको परियोजना हो । यो परियोजनाले विद्यालयमा रहेका बालिकालाई पठनपाठनका साथै विद्यालय बाहिर रहेका बालिकाहरुलाई जिविकोपार्जन सम्वन्धी सिप सिकाउने गरेको छ ।