काठमाण्डौ ५ पुस प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा बोलाएका छन् ।ओली आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनको लागि चारै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका हुन् ।आइतबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्बाट प्रतिनिधि सभाको विघटनको सिफारिस र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध सुरु भइसकेको छ ।
