धनगढी, ३० मंसिर: नेपाली कांगेसका युवा नेता गगन थापाले संबैधानिक परिषदको बैठकमा सहभागी नहुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
कैलालीको धनगढीमा नेपाल प्रेस युनियन कैलालीले मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान सुझाब दिए । जबसम्म उपसभामुखको चयन नभएसम्म संबैधानिक बैठकमा काँग्रेसले भाग लिनुहुदैन उनको भनाई छ । संबैधानिक व्यबस्था अनुसार उपसभामुखको पद फरक दलले पाउने भएकोले त्यो व्यबस्था नभएसम्म काँग्रेस उक्त बैठकमा सहभागि नहुने जिकिर गरे ।
संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख पद संविधानतः नेपाली कांग्रेसले पाउने भएकैले अहिलेसम्म सत्तापक्षले चयन प्रक्रिया अगाडि नबढाएको थापाको आरोप छ । पहिले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकले पूर्णता पाउने उनले बताए । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् ।