काठमाण्डौं, १४ मंसिर/ बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।
उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए । हेलिकप्टरमै सवार उनले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिए।
उनका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ । यस्तै, हेलिकप्टरको अगाडिको सिसा फुटेको पनि उनले बताए ।