धनगढी, ९ मंसिर
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मंगलबारबाट सुरु भएको कक्षा १२ को परीक्षाको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर मर्यादीत तरीकाले परीक्षा संचालन गर्न निर्देशन समेत दिएका छन् ।
नगरप्रमुख वडले कैलाली बहुमुखी क्याम्पस, धनगढी नमुना मावि परीक्षा केन्द्रमा पुगेर ब्यबस्थापकीय पक्षको अनुगमन गरेका थिए । कोरोना महामारीको बिचमा परीक्षा संचालन भैरहेको छ नगरप्रमुख वडले भने,‘ त्यसैले विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर मर्यादीत तरीकाले परीक्षा संचालन गर्नुहोला ।

कैलाली बहुमखी क्याम्पसले परीक्षा केन्द्रको मुल गेटमै हेल्थ डेस्क, हातधुने साबुन पानीको राम्रो ब्यबस्थापन गरेको रहेछ नगरप्रमुख वडले भने, सबैतिर श्रोतसाधन र पूर्वाधारले भ्याएसम्म राम्रो ब्यबस्थापन गरेको पाईयो ।