धनगढी, ४ मंसिर- बिभिन्न पेशागत श्रमिकका प्रतिनिधीहरुलाई बिहिबार धनगढीमा एक दिने श्रम मापदण्ड सम्बन्धी आधारभुत शिक्षा तालिम दिईएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको आयोजनमा बिभिन्न श्रमिक पेशागत सगठनका प्रतिनिधीहरुलाई उक्त तालिम दिईएको हो । कार्यक्रममा श्रमिकका अधिकार, श्रम अधिकार सम्बन्धी आधारभुत ज्ञान र श्रम सम्बन्धी नेपालको कानुनका बिषयमा छलफल भएको थियो । कार्यक्रमको नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय उपमहाचिव सिताराम अबस्थी, प्रदेशका अध्यक्ष शिद्धराज भट्ट र सचिव गणेश मल्ल, प्रदेशका प्रबक्ता बसन्त बिष्टले बिभिन्न बिषयमा सहजिकरण गरेका थिए ।
नेपाल ट्रेड युनियन काँग्रेस कैलालीका अध्यक्ष ज्ञानेन्द्र शाहको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनु प्रमुख अतिथी रहेका थिए भने धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड बिशिष्ठ अतिथी रहेका थिए । कार्यक्रमको संचालन कैलालीका सचिव लव स्वारले गरेका थिए ।