सृजना स्नेही
बझाङ : २४ कार्तिक-नेपाली काग्रेस जयपृथ्वी नगरपालिका वडा नं. १०,वडासमितिले दिपाबली तथा छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार नेपाली काग्रेसको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै दिपाबली तथा छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा शुभकामना आदान प्रदानका साथै पार्टीको बिषयमा समेत छलफल गरीएको जनाइएको छ ।
यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पुर्व जिल्ला सभापति पृथ्वी बहादुर सिंहले पार्टी परित्याग गरेर जानेहरु अबसरबादी भएको र त्यस्ता व्यक्तिहरुले कुनै पनि पार्टी र ब्यक्तिलाइ लाभ नहुने बताउनुभयो । यस्तै पुर्व मन्त्रि तथा नेपाली कांग्रेसका नेता अर्जुन जंग सिंहले पार्टी भित्रका मनमुटावलाई साझा रुपमा समाधान गर्नु पर्नेमा जोड दिदै नेपाली कांग्रेस आफ्ना भावना र स्वतन्त्र अभिव्यक्तिका लागि लडेको पार्टी भएकोले पार्टी भित्र आउने अभिव्यक्तिहरुको बारेमा आपसमा छलफल गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा दिपाबली तथा छठ पर्वको शुभकामना दिदै कार्यक्रर्ता देखि प्रतिनिधि लगायत नेताहरु सबैको कामको संमिक्षा र मुल्यांकन गरीनु पर्ने पार्टी उपसभापति ज्ञान बहादुर बोहोराले बताउनुभयो ।
कार्यक्रममा पार्टीलाई कसरी अगाडी बढाउने, पार्टी एकता कसरी कायम राख्ने, अब आउदै गरेको स्थानिय निवाचनमा कसरी काम गर्नै लगायतका बिषयमा छलफल गरीएको जयपृथ्वी नगरपालिका वडा नं. १०,वडा सभापति दिबस स्नेहीले बताउनुभयो ।