अत्तरिया २१ कार्तिक- सुदूरपश्चिम प्रदेश सभा सांसद चुनकुमारी चौधरीले महिलाहरुको जिवन स्तर माथि उकास्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।
कैलालीको गोदावरी नगरपालिका ८ जमुनानगरमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको १० औँ साधारण सभाको उद्घाटन गर्दै प्रदेश संसाद चौधरीले सहकारीका माध्यामवाट घरमै चुलोचौकोमा सिमित रहेको धेरै महिलाहरुको जिवनस्तर माथि उठेको बताएकी हुन् ।
सहकारीसंग आबद्ध भएपछि महिलाहरु घर बाहिर निस्किन थालेको र बिभिन्न सामाजिक संघ संस्थामा जोडिरहेको उनको भनाई छ । उनले महिलाहरुको सफलताको पहिलो खुड्किला नै सहकारी बन्न पुगेको बताइन् । सहकारीमा आबद्ध भएपछि महिलाहरुले धेरै कुरा सिक्ने मौका पाएका छन् , आफुसंग भएको सानो सानो पुजी पनि भबिष्यमा काम लाग्छ भन्दै बचत गर्ने बानी बसालेका छन् , समाजमा कसरी जोडिने , कसरी आफ्नो ब्यक्तित्व विकास गर्ने भन्ने कुराहरुमा पनि सक्षम बन्दै गएका छन् उनले भनिन् यस्ले गर्दा सधै श्रीमान र घरपरिवारको भर पर्दै आएका महिलाहरुले अहिले आफुले चाहेको बेला आफ्ना आवश्यकताहरु पुरा गर्न सकिरहेका छन् । उनले आफु पनि सुरुमा सहकारी , सामुदायिक बन लगाएतका बिभिन्न संघसंस्थासंगै जोडिएर अहिले जनताको सेवक बनेको बताइन् ।
उनले सहकारी स्थापना गर्नु मात्र ठूलो उपलब्धी नभई सहकारीमा कस्ता कस्ता मान्छेहरुले जोड्ने र ग्रामिण भेगमा रहेका निम्न आयस्तर भएकाहरुको जिवन स्तरलाई कसरी माथि उकास्न सकिन्छ बिषयमा सहकारी केन्द्रित हुनुपर्ने बताइन् । उनले अब सहकारीले बचत गर्ने , ऋण लगानी गर्ने मात्रै नभएर सरकारीलाई बिभिन्न क्षेत्रहरु जस्तै कृषि ,पशुपालन लगाएतका अन्य आय आर्जन मुलक कृयकलापहरुमा बढी जोड दिएर अगाडी बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरत बोगटीले आफुहरुको उदेश्य पनि सहकारीमा आबद्ध निम्न आयस्तर भएका शेयर सदस्यहरुको जिवनस्तर माथि उठाउनु नै रहेको बताए । उनले संस्थाले आगामी ४ बर्षे रणनिती तयार पारेको र अब सोही रणनिति अनुसार अगाडी बढ्दै जाने बताए । उनले सहकारीलाई अब बित्तिय साक्षरता तर्फ अगाडी बढाउन यसका लागि बिभिन्न खाले तालिमहरुको पनि आयोजना गरिने बताए । उनले सहकारी सम्बन्धि ठोस ऐन नबन्नु र स्थानिय तहले कुनै चासो नदिदाँ समस्या भैरहेको बताए ।
एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरत बोगटीको अध्यक्षतामा भएको साधारण सभमको संचालन संस्थाका व्यबस्थापक शेरबहादुर बोगटीले गरेका थिए । संस्थाको बार्षिक प्रतिबेदन सचिव रमेश बोगटीले प्रस्तुत गरेका थिए ।