जोरायल १८ कार्तिक- डोटीका काँग्रेस नेता तेज तारामी मगरको निधनको १३औ दिनको पुण्यतिथीमा नेपाली काँग्रेस जोरायल गाउँ कार्यसमितिले मंगलबार शोक सभा कार्यक्रम सम्पन्न गरेको छ ।
गाँउ कार्यसमितिले जोरायलको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वार्गीय नेता मगरको तस्बिरमा फुलअविर अर्पण गर्दै उहाले पार्टीका लागि गरेको योगदानका बारेमा चर्चा गरेका थिए । नेपाली काँग्रेस डोटीका पुर्व उपसभापति तथा काँग्रेसका तर्फबाट जोरायल गाँउपालिकाका अध्यक्षका उमेद्बार दिपक बिष्टले स्वर्गीय नेता तेज तारामी मगरले डोटी जिल्लाको काँग्रेसको राजनीतिमा महत्वुर्ण योगदान दिएको बताएका छन् । आधिबासी जनजाती समुदायबाट नेतृत्व गर्दै स्वर्गीय नेता मगरका काम र उहालाई सधै सम्झीरहने नेता बिष्टको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य भुमिराज बडु, काँग्रेस डोटीका सदस्य भक्तबहादुर थापा नेपाली काँग्रेस जोरायल गाँउपालिका कार्यसमितिका सभापति मोहनबहादुर मल्ल, जोरायल गाउपालिका वडा नम्बर ५का वडा अध्यक्ष ध्वजबहादुर देउवा, वडा ३का वडा अध्यक्ष दिनेश मल्ल, वडा १का अध्यक्ष भजनसिह मल्ल, मगर संघ डोटीका अध्यक्ष चन्द्र बुढा र जोरायलकी महिला नेतृ चन्द्र साँउद लगाएतका थुप्रै नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
केआईसिंह गाउँपालिका–४ पुर्बियाबगरमा घर भएका ५० वर्षीया तेजबहादुर पुनमगर नेपाली कांग्रेस डोटीका पुराना नेता रुपमा चिनिन्छन् । पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्ष समेत रहेका थिए । उनका दुइ छोरा र एक श्रीमती रहेका छन् ।
