धनगढी, १५ कार्तिक- नेपाली कांग्रेस कैलाली क्षेत्र न २ को आयोजनामा स्व भागरथी रेग्मीको १३औ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम शनिबार प्रतापपुरमा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य मोहनसिह राठौरले स्वर्गीय भागरथी रेग्मी एक होनहार र सशक्त महिला नेत्री गुमाएर पार्टी र समाजलाई ठुलो क्षति भएको बताए । नेपाली कांग्रेस क्षेत्र न २ कि कोषाध्यक्ष समेत रहेकी रेग्मी जस्ता महिला नेतृ समाजको खाँचो रहेको नेता राठौरको भनाई थियो ।
कार्यक्रमका बिशिष्ट अतिथी नेपाली कांग्रेस कैलालीका पार्टी सभापती नरनारायण शाहले नेपाली कांग्रेसमा सक्रिय महिला रेग्मीलेको सडक दुर्घटनाबाट अल्पायुमा निधनले प्रतापपुर क्षेत्रले एक उदयमान महिला नेतृ गुमाएको बताए । बिभिन्न सामाजिक कृयाकलापमा संलग्न महिला नेतृ गुमाएकोले उनलाई सबैले सम्झेर कहिल्यै नबिर्सन सक्ने छाप छोडेर गएको कैलाली सभापति शाहको भनाई छ ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा महासमिति सदस्य कमल बहादुर शाह, पुर्ब माननीय सभासद मान बहादुर महतो, पुर्ब महासमिति सदस्य घनश्याम जोशी, हिम रावाल, जिल्ला सदस्य शेर बहादुर देउवा, नृपबहादुर सुनार, क्षेत्र न २ का पार्टीका विभिन्न कार्य समितिका पदाधिकारी तथा सदस्य र मृतकका आफन्त लगाएतका स्थानिय समुदायको ब्याक्तिहरुले फोटोमा फुलमालाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
२०४१ सालमा कैलाली जिल्लाको साबिक बसौटी गाबीस को ८ मा जन्मिएकी स्वर्गी भागरथी रेग्मीको २०७७ साल कार्तिक ५ गते कामको शिलशिलामा धनगढीबाट घर फर्कने क्रममा सुप यातायातको बसले उनी सवार मोटरसाइकललाई ठक्कर दिई उपचार गर्दा गर्दै घोडाघोडी अस्पतालमा मृत्यु भएको थियो । उक्त श्रद्धाञ्जली सभा नेपाली कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापती भक्त बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।