धनगढी, २७ असोज/कञ्चनपुरमा सशस्त्र प्रहरीले एक लाख ६९ हजार बराबरको अवैध सामान बरामद गरेको छ।
जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ६ मा भन्सार छली भारतबाट भित्र्याउँदै गरेको मोटरसाईकल, कपडा, धोती र सुपर पोटास मल सहित एक लाख ६९ हजार सात सय २० बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ।
