धनगढी, २४ असोज-नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री स्व टेकबहादुर चोखालको स्मृतीमा शनिबार धनगढीमा रक्तदान तथा अनाथवाल आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।
टेक बहादुर चोखाल स्मृति प्रतिष्ठान, धनगढीको आयोजनामा स्वार्गीय नेता चोखालको सम्झनामा उक्त कार्यक्रम गरेको हो । प्रतिष्ठानले छुट्टाछुट्टै कार्यक्रम गरी रक्तदान कार्याक्रम र आमाको माया अनाथ वाल आश्रमका वालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको टेक बहादुर चोखाल स्मृति प्रतिष्ठानका अध्यक्ष बिनय चोखालले जानकारी दिए ।
जिल्ला बिकास समिति कैलालीका पुर्व सभापति तथा काँग्रेस नेता नारायणदत्त मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता टेक बहादुर चोखाल स्मृति प्रतिष्ठानका अध्यक्ष बिनय चोखाल रहेका थिए । प्रतिष्ठानले स्वर्गिय नेता चोलाखको स्मृतीमा बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
