• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कार्यालय बन्द गरेर कर्मचारी पिकनिकमा मस्त, बिरोधमा सेवाग्राहीको गाउँपालिकामा तालाबन्दी

डोटी । पुर्बीचौकी गाउँपालिकाको कार्यालयमा शुक्रबार नेविसंघले तालाबन्दी गरेको छ । जनप्रतिनिधी र कर्मचारीहरु कार्यालय समयमा जनताका कामलाई बेवास्ता गरि पिकनिक खान गएको भन्दै तालाबन्दी गरेको नेविसंघ पुर्बी चौकी गाउँपालिका इकाईका अध्यक्ष रेशम बिक्रम खड्काले जानकारी दिए ।

खड्काका अनुसार शुक्रबार गाउँपालिका अध्यक्ष दिर्घराज बोगटी, उपाध्यक्ष निर्मला साउँद, कार्यकारी अधिकृत टेक बहादुर खड्का लगायत कर्मचारीहरु अछामको कैलाश खोलामा पिकनिक खान गएका छन् । उनले जाने नै भएपनि बिदाको दिन सदुपयोग गर्नुपर्नेमा शुक्रबार पिकनिक जानु जनताप्रति जिम्मेवार नभएको आरोप लगाए ।

गाउँपालिकाका बिभिन्न गतिबिधीहरु नेविसंघले निगरानी राखिरहेको बताउदै खड्काले थुप्रै गल्ती कम्जोरीहरु सच्याउन आग्रह गर्दा पनि सुधार नभएपछि तालाबन्दी नै गर्न बाध्य भएको बताए ।

गाउँपालिकाको मिलोमतोमा दलित समुदायको उत्थानका लागि छुट्याएको १० लाख रकम भ्रष्टाचार गरेको प्रमाणित हुदा समेत कुनै कारबाही नगरिएको नेविसंघका नेता बिजयराज ओझाले आरोप लगाए । उनले जनतालाई सुसुचीत गर्नुपर्नेमा उल्टै कार्यालयका सवारीसाधनको दुरुपयोग गरेर पिकनिक खान जानु दुर्भाग्य रहेको बताए । फर्जि कागजात र बिल पेश गरेर गाउँपालिकाले दलित समुदायलाई कोरोनाका बेला बिभिन्न सहयोग गरेको भन्दै भुक्तानी दिएको थियो ।

पुर्बिचौकी गाउँपालिकाका योजना ,तालिम ,गोष्ठि, लगायतका कार्यक्रम पारदर्शी रुपमा गाउँपालिकाको क्षेत्र भित्रै हुनु पर्ने, भ्रष्टाचार आरोप लागेको विषयमा सत्यतथ्य बाहिर ल्याउनु पर्ने, बिदा बाहेकका दिनमा कार्यालय सधैं सुचारु हुनुपर्ने र गाउँपालिकाका प्रमुख, उपप्रमुख, कार्यकारी गाउँपालिका बाहिर जानु पर्ने भएमा कार्यबाहक दिएर जानु पर्ने, सवारीसाधनको दुरुपयोग सुधार्नुपर्ने माग रहेको अध्यक्ष खड्काले बताए ।

पुर्बी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भने आफु पिकनिकमा नभई अछामको साफेबगर आएको बताए । किन र कसरी तालाबन्दी गरेको हो त्यो बारेमा बुझेर सामाधन तर्फ लाग्ने उनले बताए । पिकनिक गए-नगएको बिषयमा सोधपुछ गर्न खोज्दा गाउँपालिकाका कार्यकारी टेक बहादुर खड्काको फोन भने रिसिभ भएन ।

शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.