• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

२२ दिनमा २१ फरार अभियुक्त पक्राउ

कञ्चनपुर,२३ असोज- मंगलवार कञ्चनपुरको भीमदत्त नगरपालिका(१० गड्डाचौकीबाट प्रहरीले कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ गर्यो।अनाधिकृत रुपमा विद्युतिय माध्यमको दुरुपयोग गरी वित्तिय प्रणालीमा पहुँच राख्दै विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोपमा भारतीय व्यापारी सुशील गर्ग पक्राउ परेका थिए।

यो मुद्दा महानगरीय प्रहरी परिसर टेकुमा चलेकोले गर्गलाई कञ्चनपुर प्रहरीले त्यहीँ पठाएको थियो। गर्गलाई पक्राउ गर्नु कञ्चनपुर प्रहरीका लागि पछिल्लो समय नियन्त्रणमा लिएका फरार अभियुक्तमध्येको सबैभन्दा ठूलो सफलता मानिएको छ।जबरजस्ती करणी मुद्धामा १८ वर्ष देखि फरार पुनर्वास नगरपालिका–३ का ३७ वर्षीय जोगी धामीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। २०५९ साल जेठ २५ गते देखि फरार रहेका धामीलाई जिल्ला अदालत कञ्चनपुरले ६ वर्ष कैद सजाय तोकेको थियो।

कञ्चनपुर प्रहरीले पछिल्लो समय धमाधम फरार अभियुक्त पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २२ दिनको अवधिमा २१ जना फरार अभियुक्त पक्राउ परेका छन्।असोज २२ गतेसम्मको अवधिमा अदालतले अपराधमा संलग्नता पुष्टि गर्दै कैद तथा जरिवाना सुनाएका र अनुसन्धानकै क्रममा फरार रहेका २१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताए।

कोरोना संक्रमणका कारण घर आएर बसेको समयमा फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी थापा बताउँछन्।‘फरार अभियुक्तहरुले फेरी पनि अन्य घटना घटाउन सक्छन् भनेर प्राथमिकता दिएर निरन्तर निगरानी बढाएका हुन्छौँ । फरार अभियुक्त पक्राउ गर्नु अदालतको फैसला कार्यान्वयनको पाटो पनि हो,’ उनले भने, ‘अदालतबाट फैसला भएका र अनुसन्धानकै क्रममा फरार धेरै अभियुक्तहरुलाई पक्राउ गरेका छौँ । कोही वर्षौदेखि फरार रहेका पनि छन्।’

कोरोना संक्रमणका कारण फरार अभियुक्तहरु घर आएकाले फेरी पनि त्यस्तै प्रकृतिका घटना घटाउने सक्ने हुनाले बिशेष प्राथमिकता दिएर निरन्तर निगरानी बढाएको उनको भनाई छ।असोज महिनाको २२ गतेसम्म पक्राउ पर्ने फरार अभियुक्तहरुमा सबैभन्दा बढि बलात्कारजन्य घटनाका ८ जना छन्।यस्तै विवाह सम्बन्धी मुद्दामा जरिवाना तोकिएका ४ जना फरार अभियुक्त, चोरी घटनामा जरिवाना सुनाए पछि फरार २ अभियुक्त, ज्यान मार्ने उद्योग, अवैध मुद्रा, वन पैदावर, चेक अनादर, चलनचलाउ अवरोध, सार्वजनिक अपराध मुद्दाका एक÷एक अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ परेका फरार अभियुक्तलाई अदालतमा बुझाएर कैद सजाय भुक्तानका लागि कारागार चलान तथा जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.