• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विश्वचर्चित आठ लेखक, जसले गरे आत्महत्या

एजेन्सी– विश्वचर्चित लेखक–कलाकार पनि आममान्छेजस्तै विभिन्न समस्यामा जेलिएका हुन्छन् । तर पनि उनीहरू सिर्जनात्मक कार्यमा भने लागिरहेकै हुन्छन् । विश्वसाहित्यलाई एकपटक हेर्ने हो भने धेरै सफल लेखकहरूले आत्महत्या गरेका छन् ।

वर्षौंसम्म डिप्रेसनमा रहेर आफैंलाई मार्ने लेखकहरूको सूची पनि लामो छ । आफ्नो लेखनबाट विश्वमा चिनिएका यी लेखकहरूले डिप्रेसनलगायतका कारणहरूले आत्महत्या गरे–

१ .अर्नेस्ट हेमिङवे
अर्नेस्ट हेमिङवे निकै प्रसिद्ध र सफल लेखकमा चिनिन्छन् । उनको चर्चित कृति ‘द ओल्ड मेन एन्ड द सी’ले नोबेल पुरस्कार प्राप्त गरेको थियो । सन् १८९९ मा जन्मिएका हेमिङवेले ६१ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । अमेरिकाको इडाओ प्रान्तको केटचुम भन्ने ठाउँमा सन् १९६१ जुन २ मा उनले आफैंलाई गोली हानेर आत्महत्या गरे । उनको ‘द ओल्ड मेन एन्ड द सी’ सँगै ‘ए फेयर वेल्स टु आम्स’, ‘द सन अल्सो राइजेस’ चर्चित कृति हुन् ।

२. भर्जिनिया उल्फ
सन् १८८२ मा जन्मिएकी भर्जिनिया उल्फले आफू ५९ वर्षको उमेरमा पानीमा डुबेर आत्महत्या गरेकी हुन् । उल्फले आफ्नो सुसाइड नोटमा लेखेकी थिइन्, ‘प्रिय, म महसुस गरिरहेकी छु कि म फेरि बौलाउँदै छु । मलाई लाग्छ हामी फेरि यस्तो समयबाट पार हुन सक्दैनौं । र म समयलाई रोक्न पनि सक्दिनँ । म आवाज सुन्न थालेकी छु र म ध्यान दिन सक्दिनँ । त्यसैले मलाई जे गर्दै छु त्यही सहीजस्तो लाग्छ । तिमीले मलाई आफूले सक्ने सबै खुसी दिएका छौ ।’
उल्फले सन् १९४१ मा अमेरिकाको लेविसमा आत्महत्या गरेकी हुन् । उनका ‘अ रुम अफ वान्स ओन’, ‘मिसेस डेल्लोवे’, ‘टु द लाइटहावस’ उनका प्रमुख कृतिहरूमा पर्छन् ।

३. सिल्भिया प्लाथ
अमेरिकाको बोस्टन प्रान्तमा जन्मिएकी सिल्भिया प्लाथले ३० वर्षको उमेरमा आत्महत्या गरिन् । सन् १९६३ फेब्रुवरी ११ मा आफ्नो टाउकोलाई ओभनमा राखेर उनले आत्महत्या गरेकी हुन् । ‘द बेल जार’, ‘द मिसिङ मी’, ‘द कोसास्सुस’, जस्ता प्रमुख कृतिकी लेखक प्लाथले लन्डनमा आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन् ।

४. हन्टर एस थोम्सन
‘द रोम डायरी’ जस्तो उत्कृष्ट पुस्तकका लेखक थोम्सनले ६७ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । ढाडको रोगबाट ग्रसित उनले सुसाइड नोटमा लेखेका थिए, ‘अब पीडा हुनेछैन मलाई । अब १७ वर्ष तड्पिएजसरी तड्पिनु पर्दैन ।’ उनले सन् २००५ फेब्रुवरी २० मा आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए ।

५. एन्ने सेक्सटन
सन् १९२८ मा जन्मिएकी एन्नेले १९७४ मा आत्महत्या गरेकी हुन् । पुलित्जर पुरस्कार प्राप्त अमेरिकी कवि सेक्सटनका कवितामा मानसिक तनाव र डिप्रेसन कुरा अधिक पढ्न पाइन्छ । १९७४ अक्टुबर ४ मा ४९ वर्षकी उनले आफैंलाई बेहोसीमा कारभित्र लक गरी आत्महत्या गरेकी हुन् । ‘लिभ अर डाई’, ‘द डेथ नोटबुक्स’ उनका प्रमुख कृतिमा गनिन्छन् ।

६. डेभिड फेस्टर वालेस
सन् १९६२ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका वालेसले ४६ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । वर्षौंदेखि डिप्रेसनबाट ग्रसित वालेसले क्यालिफेर्नियामा सन् २००८ झुन्डिएर आत्महत्या गरेका थिए । उनले २० वर्षदेखि डिप्रेसनको औषधि प्रयोग गरिरहेका थिए । आत्महत्या गर्नुअघि उनले दुई पाना लामो सुसाइड नोट लेखेका थिए । ‘द पेल किङ’, ‘इन्फिनाइट जेस्ट’ उनका महङ्खवपूर्ण कृति हुन् । उनलाई सन् २००० को दशकको एकदमै सिर्जनशील लेखकको रूपमा हेरिन्छ ।

७. एब्बी होफमेन
सन् १९३६ मा अमेरिकामा जन्मिएका लेखक तथा राजनीतिज्ञ होफमेनले ५३ वर्षको उमेरमा आत्महत्या गरे । उनले बार्बिटुरेस नामको औषधि अधिक सेवन गरेर आत्महत्या गरेका हुन् । यो औषधि निद्रा नलाग्दा प्रयोग गरिन्छ । डिप्रेसनबाट ग्रसित होफमेनले सन् १९८९ मा अमेरिकाको पेन्सिल्भिनिया प्रान्तमा आत्महत्या गरे । ‘रिभोलुसन फर हेल अफ इट’, ‘स्टिल दिस बुक’, ‘भोट’ आदि उनका प्रमुख कृति हुन् ।

८. जोन बेरिमेन
अमेरिकी कवि बेरिमेन ११ वर्षको हुँदा उनका बाबुले आत्महत्या गरेका हुन् । यस घटनाले उनको जीवनमा निकै प्रभाव पारेको थियो । अधिक रक्सी खाने गरेका उनलाई कैयौंपटक अस्पताल भर्ना गर्नुपरेको थियो । सन् १९१४ मा ओक्लाहोमामा जन्मिएका बेरिमेनले १९७२ मा आत्महत्या गरेका हुन् । जनवरी ७ मा उनले वासिङटन एभिनिउ पुलबाट फाल हानेर आत्महत्या गरेका हुन् । ‘द ड्रिम्स संग्स’, ‘लभ एन्ड फेम’ उनका प्रमुख कृतिहरूमा पर्छन् ।

शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.