धनगढी, १४ असोज
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य क्षेत्रका मेरुदण्ड भएको बताएका छन् ।
बुधवार धनगढी उप–महानगरपालिका र एनडिआर नेटले आयोजना गरेको प्रदेश तथा स्थानीय कार्यकर्ताका लागि कोभिड–१९ प्रतिकार्य सहजीकरण सम्वन्धी अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । ‘अहिले कोभिडको महामारी फैलिएको छ नगरप्रमुख वडले भने, ‘कोभिडका बारेमा समुदायतहमा जनचेतना फैलाउने काममा यहाँहरु सक्रिय रहनु होला ।’ ‘चाडबाड नजिकिदै आएको छ नगरप्रमुख वडले भने, ‘मालसामान खरिद गर्नका लागि बजारमा निस्कीदा हुलमा ननिस्कीन भन्ने किसिमको समुदायमा जनचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविकाहरु संग अनुरोध गर्दछु ।’
‘सबैसंग सेनीटाईजर नहुन सक्छ नगरप्रमुख वडले भने, ‘कम्तीमा साबुन पानी त्यो पनि नभएमा खरानी पानीले पनि हात घुन सिकाउन यहाँहरु संग अनुरोध गर्दछु । धनगढी उप–महानगरपालिकाले श्रोत साधानले भ्याए सम्म महिला स्वास्थ्य स्वयं सेविकाहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको नगरप्रमुख वडले जानकारी दिए ।
कार्यक्रममा धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बम , बिपद उत्थानशिल सञ्जालका केन्द्रिय संयोजक दिनेश चन्द्र जोशी, संस्थाका अध्यक्ष योगेन्द्र ओझा र जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले सहजीकरण गरेका थिए ।