धनगढी, १३ असोज
कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत योजना निर्माण कार्यशाला सोमबार धनगढीमा सम्पन्न भएको छ ।
कोभिडको संक्रमण थप फैलिन नदिन धनगढी उप–महानगरपालिका र नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा कसरी अगाडी बढ्ने भन्ने बिषयमा ब्यापक छलफल भएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, यो पनि विपद नै हो त्यसैले नगरले बिपद कार्ययोजना टेकेर अगाडी बढ्नुपर्छ भन्नेमा सबैको सुझाव आयो ।

नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीले धनगढी उप–महानगरपालिकाको सहकार्यमा रेडक्रम कैलाली शाखाले थुप्रै गतिविधी संचालन गरेको बताए । कार्यक्रम धनगढी उप–महानगरपालिकाको समन्वयमा नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाले आयोजना गरेको र यूनिसेफ नेपालको सहयोग रहेको रेडक्रसका विकास नेपालीले बताए । कार्यक्रममा वडा अध्यक्षहरुको सहभागिता थियो ।