धनगढी,३० भदौ
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडको पिसिआर नेगेटिभ देखाएको छ ।
कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा नगरप्रमुख वडको सोमबार पिसिआर परीक्षणका लागि स्वावको नमुना लिईएको उपमहानगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उनले भने, नगरप्रमुख सम्पर्कका आधारमा जोखिममा थिए ।
अहिले धनगढी उपमहानगरपालिकाले कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा समुदायतहबाट स्वाव संकलन गर्ने र परीक्षण गर्ने काम गरिरहेको छ ।
