धनगढी, २८ भदौं
होपव्रिज संस्थाले कैलालीको धनगढी उप–महानगरपालिकामा रहेका कोरोना संक्रमित तथा क्वारेन्टिनमा रहेका ब्यक्तिहरुका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
संस्थाले मसिनो चामल, दाल, मटर, तेल, नुन,अण्डा, सर्जिकल मास्क, हाईजिन किट, मास्क, सेनीटाईजर, तुथपेष्ट, साबुन, स्याम्फू, सेनीटरी प्याड लगायतका चिजहरु उपलब्ध गराएको हो ।
यी सामाग्रीहरु संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन । संयोजक बमले कनरीमा उपलब्ध गराउनु पर्ने खाद्यान्न र स्वास्थ्य सामाग्री वडा नं १५ का अध्यक्ष फुलराम चौधरीलाई हस्तान्तरण गरेको बताए । खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै नगरप्रमुख वडले होपव्रिज संस्थालाई धन्यवाद दिए ।

