धनगढी, २२ भदौ
धनगढीमा रहेका ब्यूटिपार्लर सञ्चालकहरुले सोमबार ब्यावसाय संचालन गर्न पाउ भन्दै धनगढी उप–महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
उनिहरुले उप–प्रमुख सुशीला मिश्र भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । लामो बन्दका कारण ब्यावसाय नै धरासयी भएको भन्दै सूचारुको माग राख्दै ज्ञापनपत्र बुझाएका हुन । संघ सरकारले ब्यूटीपार्लरहरु खुला रहदा त्यसले जोखिम बढाउने भन्दै त्यसलाई खोल्न नहुनेको सूचीमा राखेको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले संघ सरकारले निर्णय कार्यान्वयन गर्न भनेर परिपत्र गरेकाले आफ्नोतहबाट ब्यावसाय सूचारु गर्नुहोस भन्न नसक्ने बताईन । तपाईहरु समस्यामा हुनुहुन्छ उप–प्रमुख भट्टले भनिन्, यहाँहरुको माग सम्वन्धीत निकायलाई अवगत गराउनमा सहयोग गर्ने छौं । उप–प्रमुख भट्टले जोखिम बाट बच्चका लागि भौतिक दुरीमा ख्याल गर्न अनुरोध गरिन ।
