धनगढी, २२ भदौ/ बैतडीको सिगास गाउँपालिकामा अपत्यारिलो घटना सार्वजनिक भएको छ। गाउँपालिका–८ मा एक किशोरीमाथि गाउँपालिकाका कर्मचारी र शिक्षक ले पटकपटक करणी र बलात्कार गरेको घटना बाहिरिएको छ।
किशोरीको बयान
गत मंसिर महिना थियो । आमा घास काट्न जानुभएको थियो । बुवा रोजगारीको शिलसिलामा भारत गएका थिए । घरमा एक्लै बसिरहेको बेला सिगास ८ कै एक बिधालयमा कार्यरत खडक बोहरा सर आउनुभयो । जसले मलाई एक कक्षा देखि आठ सम्म पढाएका थिए । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा उनले मलाई च्याप्प समाते, वरीपरी कोही थिएनन् । मेरो मुख बन्द गरेर जबरजस्ती गरे म केही बोल्न सकिन् । यसो भइरहँदा जोर जोरले चिच्याउन खोजेकी थिए । तर मुख बन्द थियो, आवाजनै निस्केन् म एकछिन बेहोस भए ।
उठ्नै सकिन, निकै पीडा भइरहेको थियो । साँझ आमा घरमा आउनुभयो तर दिउँसोको कुरा भन्ने आँटनै आएन् । म चुपचाप बसे । त्यसपछि खडक सरले अर्का राम बोहरालाई त्यो कुरा भनेछन् । राम बोहरा पनि सिगास ८ कै स्थायी बासिन्दा हुन् । दुई जनाले पटकपटक आफुमाथि माथि जबरजस्ती गरे। कुनै दिन खडक, कुनै दिन राम सर आफु विद्यालयबाट घर फर्किदा सँगै आउने र मौका मिल्ने बित्तिकै जबरजस्ती गर्थे । कुरा बाहिरिए मार्ने खालको धम्कि समेत दिन्थे। तलाइ बदनाम गर्दिन्छौ भनेर अनेक दवाव दिन्थे ।
त्यो कुरा गाउँपालिकामा कम्प्युटर प्राबिधिकका रुपमा कार्यरत (एम आइ एस अपरेटर) केशब बोहराले पनि थाहा पाएछन् । पहिलोचोटी बलात्कृत भएको एक महिनापछि आफु उपचारका लागि बझाङको देउलेक गएको किशोरीले बताइन्।
अर्को पटक पुनः शौचालयमा गएका बेला भुतपुर्व शिक्षक तथा गाउँपालिकामा कार्यरत केशब बोहरा पनि भित्र पस्यो । शौचालयको ढोका थुनेर त्यही बलात्कार गर्यो । त्यो दिन पनि कसैलाई भन्न सकिन् । त्यसको केही महिनापछि थाहा भयो । पेटमा बच्चा बसिसकेछ । अब म सँग दुई वटा विकल्प मात्र थिए । के त आत्महत्या गर्ने वा घर छोडेर जाने । धेरै दिनसम्म मनमा यस्तै सोच आइरह्यो । छिमेकी गाउँको केटासँग भागेर गए, मेरो बाल बिवाह हो सानै उमेरमा यत्रो पिडा र बज्रपात खेप्नु पर्यो समाज र परिवारबाट तिरस्कृत हुदा मैंले केहि सोच्नै सकिन ।
उ सँग पहिलेदेखिनै चीनजान थियो । उसले पनि लग्छु भनेपछि फागुनमा भागेर उसको घर गए । पेटमा बच्चा रहेको कुरा कसैलाई थाहा थिएन् । केही महिना सबै कुरा ठिकठाकै चल्यो । जब भदौंमा छोरी जन्माए । गाउँघरमा हल्लीखल्ली भयो । किनकी बिहे गरेको छ महिना मात्रै भएको थियो । कस्को बच्चा हो भनेर घरमा सोधखोज हुन थाल्यो । त्यसपछि बाध्य भएर ति शिक्षक खडक बोहरा, गाउँपालिकामा कार्यरत कर्मचारी र राम बोहरा बारे बोल्नैपर्ने अवस्था आएपछि यो कुरा सार्वजनिक भयो।
गाउँका सबैजनाले जस्को बच्चा हो उसैले जिम्मा लिनुपर्ने कुरा गर्दैछन् । वडा र गाउँपालिका मान्छेहरुले ‘यतै’ मिलाउने भन्दै कहि नजान भनेका छन । माइती पट्टीका एक दुई जना दाइहरुले प्रहरीमा जान सल्लाह दिएका थिए । मलाई पनि त्यही ठिक लागेको थियो । तर गाउँका जान्नेसुन्ने तथा वडा र गाउँपालिकाका सबै मान्छेले मिलाउँछौ भनेका छन् ।
जसले जे भनेपनि म माथि जबरजस्ती गरेर यो अवस्थामा पुर्याउनेहरुलाई सजाय होस भन्ने चाहना त छ । तर म एक्लै के गरु ? गाउँ भन्दा बाहिर कही गएकी छैन् । के गर्नेुपर्ने हो त्यो पनि थाहा छैन् । मनमा त लागिरहेको छ कि आज म माथि त्यस्तो गर्नेहरुले भोली अरुलाई पनि नगर्लान र ? यो ५/६ महिनाको अवधीमा उनिहरुले त्यस्तै किसिमका अरु ७/८ वटा घटना गरिसकेको सुन्नमा आएको छ ।
एउटाले बलात्कार गरेपछि अर्कोलाई भिडाईदिने । अर्कोले अर्कोलाई गरेर महिलाहरुलाईनै गलत प्रमाणित गर्ने गरेका छन् भन्ने सुनेको छु । मेरो गल्ती त केही थिएन् । तर यतिबेला मर्नुं न बाँच्नुको अवस्थामा पुगेकी छु । मेरो मानसिक अवस्थामा खराबी आएको छ। समाज र स्थानीयले गर्ने व्यवहार, अपहेलना खपिनसक्नु छ, न्याय पाइएला कि भन्ने आश त थियो, तर स्थानीय सरकार ले मेरो पिडा बुझ्न सकेको छैन आर्थिक मिलोमतो गरौ भन्दै नभए तलाइ समेत कारवाही हुन्छ भनेका छन म अन्यौलता मा छु ।
पारिवारिक स्रोतको दाबी
घटनालाइ जसरि भएपनि स्थानीय स्तरमानै ढाकछोप गर्ने र आर्थिक चलखेलको आशंका गरिएको छ। करिव १० दिन देखि गाउँपालिकातिर शिक्षक कर्मचारी लगायतका मान्छेले गाउँपालिकामा वनर्ता गर्दै आएको र बलात्कारीको बचाउमा लागेको पारिवारिक स्रोतको दाबी छ।
शिक्षक कर्मचारी लगायतका स्थानीय नेताहरु मुद्दा मिलाइदिनु पर्यो भन्दै बिहान बेलुका गाउँपालिकाको कार्यालय तिरै छन, आफुले पटकपटक कारबाही को माग गर्दै आएको परिवार स्रोतको भनाइृ छ ।