चितवन, ६ भदौ/ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक पोथी गैँडा मृत अवस्थामा भेटिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी चार पाँच बर्षको पोथी गैँडा किङफिसर घाँट भन्ने ठाँउमा मृत अबस्थामा भेटिएको हो ।
निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृत भेटेको थियो । गैँडा घोलमा भाँसिएर मरेको हुनसक्ने निकुञ्जले जनाएको छ ।
थप अनुसन्धान भैरहेको निकुञ्जको भनाइ छ । चालू आर्थिक बर्षमा गैँडा मृत भेटिएको यो दोस्रो घटना हो ।
