धनगढी, २३ साउन- पछिल्लो समयमा चर्चा कमाउदै आएका लोकपप गायक चेतन बोहराले ‘काफल गेडी’ म्युजिक भिडियो सार्बजनिक गरेका छन् । चेतन बोहराले आफै स्वर संगित दिएको काफल गेडी गितामा रचना रिमलाले महिला स्वर दिएकी हुन् ।
हर्कबिवस खनालको शब्द रहेको गितमा गायक बोहरा र रिमालको जादुमय स्वरले गितलाई उत्कृष्ट बनाएको छ । फरक धारका गीत सङ्गीतमा रुचि राख्ने वोहरा पछिल्लो यो गितले संगितिक बजारमा चर्चा पाउन थालेको छ ।
वोहोरा अलि फरक किसिमको गीत “काफल गेडी कुटुक्क” बोलको गीत ल्याएर आएका हुन् । चेतन बोहरा नामको आफ्नै युट्युव च्यानल बाट रिलिज गरेको भिडियोमा स्वयम गायक चेतन बोहरा र रचना रिमालको अभियन रहेको छ । विक्रम चोहानको निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका छन ।
भिडियोमा चेतनसँगै रचना रिमालको अभिनय देख्न सकिन्छ । दृश्यमा प्राकृतिक सौन्दर्यता झरना वरिपरी सँगै गीत गाईरहेको र एक अर्कालाई आफ्ना भावनाहरू साटिरहेको देख्न सकिन्छ ।
गितको शब्द यस्तो छ ।
थेगो : केटी
काफल गेडि कुटुकै
लैजाउ सुटुक्कै
मुलाइ लैजाउ सुटुक्कै
थेगो : केटा
काफल गेडि कुटुक्कै
लान्छु सुटुक्कै।।
तुलाइ लान्छु सुटुक्कै
केटी : कसले देख्छ भोलिलाइ तिमी मेरो भैजाउ अब
सक्दिन म एक्लै जिउन आफै संग लैजाउ अब
केटा : पर्खी बस मेरि सानी अझै केही छिन कुरेर
छिट्टै आउँछ हाम्रो पनि लगनको दिन जुरेर
केटी : मलाई माग्न भनेर नै घर आउनेको लर्को छ
कसलाइ भनु यो मन भित्र राज गर्ने अर्को छ
केटा: सुन्दर संसार देखाउने यी आखाको नानी बन
म देउताको राजा बन्दा तिमी मेरो रानी बन
केटी : यो आत्माले त्यो मुटुलाइ किन यति माग्न थाल्यो
पर्खाइमै दिन पनि साउने रात झै लाग्न थाल्यो
केटा : तिम्रो तस्विर देख्ने गर्छु मैले आफ्नो छाया भित्र
राजमहल छ हाम्रो पनि यो पबित्र माया भित्र
केटी : मुटु संग मुटु जोड्न पाउने बेला भयो अब
हाम्रो इच्छा पूरा गर्न आउने बेला भयो अब
केटाकेटी : हामी जस्तै किन धेरै बिना कसुर मर्नु पर्छ
अधुरा ती प्रेम कथा हामिले पूरा गर्नुपर्छ।