सशस्त्र प्रहरी बलले १४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० र १७ जना सशस्त्र प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० को सरुवा गरेको छ ।
साउन १ गतेदेखि लागू हुने गरि सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हल्चोकले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा निकालेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयका डीआईजी चन्द्र प्रकाश गौतमलाई कार्य तथा सुरक्षा विभागमा सरुवा गरेको छ भने डीआईजी कृष्णभक्त बम्हचार्यलाई २ नम्बर प्रदेशमा सरुवा गरेको छ ।
