सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालय धनगढीमा सोमवार बसेको बैठकले परीक्षणको दायरा बढाउँदै समुदायस्तरमै पुगाउने निर्णय गरेको छ।
क्वारेन्टिनमा रहेका सबैको परीक्षण गर्ने तयारी भईसकेको र अब समुदायमा रहेका प्रदेशवासीको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने निर्णय भएको हो।
बैठकले होल्डिङ सेन्टर स्थापना गर्ने, क्वारेन्टिनलाई थप व्यवस्थित पनि बनाउने, सबै स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गर्ने, कोरोना नियन्त्रणका लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री अभाव हुन नदिने लगायतका निर्णय गरेको छ।
यातायात, उद्योग कलकारखाना तथा विकास निर्माणका कामलाई सुचारु गर्ने, बाढी, पहिरो तथा डुवान जस्ता जोखिम न्युनिकरणको लागि तयारी थाल्ने लगायतका निर्णय गरेको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले स्थापना गरिरहेका थप तीनवटा प्रयोगशाला ९धनगढी, डोटी र बैतडी०मा पिसीआर मेसिन जडान भईरहेको र धनगढीस्थित स्वास्थ्य कार्यालयमा जडान अन्तिम चरणमा पुगेकोले यसै सातावाट परीक्षण सुरु हुने दावी गरे।