• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

१४ वर्ष पुरानो त्यो रहस्यमय हत्याकाण्ड : एक फोन कलले पक्राउ परे भारत भागेका अभियुक्त

"गाली गरेको रिसमा मालिक दम्पत्तिको हत्या "

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले १४ वर्ष पुरानो हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । १४ वर्ष पहिले सीतापाइला काठमाडौंमा कान्तिपुर मिल सञ्चालन गरिरहेका दम्पत्ति नातीकाजी सुवेदी र सानु सुवेदीलाई हत्या गरी फरार रहेका अभियुक्त जेके भन्ने जयकिशोर शाहलाई सिआइबी टोलीले आइतबार पक्राउ गरेको हो ।

सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार जयकिशोरलाई नेपाल भारत सिमाक्षेत्र नेपालगञ्जबाट पक्राउ गरी नेपाल ल्याइएको हो । सिआइबीले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरी नेपाल ल्याइएको दाबी गरेपनि जयकिशोरलाई भारतको लखनऊबाट पक्राउ गरी नेपाल ल्याइएको बुझिएको छ ।

यस्तो थियो घटना विवरण :

२०६३ साल पुष २० गते राति पौने ९ बजे काठमाडौँको सीतापाइलामा दम्पत्ति नातीकाजी सुवेदी र सानु सुवेदीको धारिलो हतियार प्रहार गरी हत्या भयो । घटनामा नातीकाजीका १५ वर्षीय छोरा विलभ सुवेदी गम्भीर घाइते बने ।

तत्कालीन समयमा घटनामा को संलग्न थियो भन्ने जानकारी प्रहरीलाई भएन । यद्यपि नातीकाजीकै समिलका काम गर्ने कर्मचारीले हत्या गरी फरार भएको जानकारी भने प्रहरीले पायो । तर प्रहरीलाई न हत्याराको पूरा नाम थाहा थियो, न त उनको ठेगाना नै । प्रहरीसँग अभियुक्तको फोटोसमेत थिएन ।

यता घटनामा गम्भीर घाइते भएका नातीकाजीका छोराको स्वास्थ्यलाभको पर्खाइमा थियो । पेटमा गम्भीर चोट लागेका नातीकाजीका छोराको करिब १ महिनापछि उपचार सम्भव भयो । त्यसपछि बल्ल प्रहरीले अभियुक्तबारे थप खोजी सुरु गर्यो ।

अभियुक्तको पूरा नामसमेत थाहा थिएन प्रहरीलाई

मृतक नातीकाजीका छोरा विलभले घटनाबारे प्रहरीलाई बयान दिए । घटनामा जेके भन्ने समिलकै कामदार जेके र प्रताप राना मिलेर हत्या गरेको बयान दिए । तर विलभसँग अभियुक्तको आधा नामबाहेक अरु केही जानकारी नै थिएन । यद्यपि विलभले अभियुक्तलाई देखेमा भने चिन्दथे ।

यही आधारमा प्रहरीले व्यापक खोजी गरेपछि जेके भन्ने जयकिशोरको घर सर्लाही भएको पत्ता लागेको थियो । अर्का अभियुक्त प्रताप रानाको घर बाँके भएको पत्ता लाग्यो ।

नेपाल प्रहरीले उक्त घटनाका अपराधीलाई पक्राउ गर्न नसकेपछि सिआइबीले उक्त घटना लिएको थियो र अभियुक्त पक्राउ गर्नका लागि निरन्तर खोततलास गरिरहेको थियो ।

सिआइबी स्रोतका अनुसार हत्या लगत्तै दुबै अभियुक्त भागे भारतको लखनऊ पुगेका थिए । अभियुक्तद्वय जयकिशोर साह र प्रताप राना हत्यालगत्तै नेपालबाट भागी लखनऊमा गई २ वर्षसम्म सँगै बसी काम गरेका थिए । २०६५ सालपछि भने प्रताप लखनऊबाट पनि अन्त गएका थिए ।

एक फोन कलले पक्राउ परे अभियुक्त

नेपालमा हत्या गरी भारत पसेका अभियुक्तका बारेमा सिआइबीलाई कुनै जानकारी थिएन । यद्यपि प्रहरीले अभियुक्तको परिवारका सदस्य, उनीहरुको फोन कल, आवतजावत आदिबारे भने निगरानी गरिरहेकै थिए ।

सिआइबीमा नयाँ प्रमुखका रुपमा सहकुलबहादुर थापा आएपछि १४ वर्ष पुरानो सीतापाइला हत्याकाण्डको फाइल खोलिएको थियो । अभियुक्त पक्राउ गर्नका लागि थापाले डिएसपीको कमाण्डमा टोली परिचालन गरेका थिए ।

सिआइबीको टोलीले काठमाडौँ र सर्लाहीबाटै अभियुक्तको परिवारका सदस्यको मोबाइल ट्रेस सुरु ग¥यो । अभियुक्तको पारिवारका एक सदस्यको मोबाइलमा भारतबाट पटकपटक फोन कल आएको पत्ता लाग्यो । तर ती व्यक्ति को थिए भनेर सिआइबी टोलीले पत्ता लगाउन सकेको थिएन । फोन गर्ने व्यक्ति नेपाली नागरिक हुन् वा भारतीय नागरिक हुन् भन्ने जानकारीसमेत प्रहरीलाई थिएन । यता, परिवारका सदस्यलाई सम्पर्क गरेमा शंकास्पद व्यक्ति पुनः फरार हुनसक्ने डर प्रहरीलाई थियो ।

त्यसपछि सिआइबीले उक्त भारतीय नम्बर ट्रेस गर्न भारतमै रहेका सुराकीहरुलाई परिचालन गर्यो । ती मोबाइल बोक्ने व्यक्ति भारतीय नागरिक जय शर्मा भएको खुल्यो । सिआइबी टोलीले सोचेको थियो कि पक्कै पनि फोन गर्ने व्यक्ति जयकिशोर साह होलान्, तर ती व्यक्ति भारतीय नागरिक भएको पोल खुलेपछि प्रहरीले ब्याक भयो ।

तर पनि भारतीय नागरिकले पटकपटक नेपाली नागरिकसँग बिना कारण फोनमा कुराकानी भएको देखिएपछि प्रहरीलाई थप शंका लाग्यो । त्यसपछि भारतीय सुराकीसँग समन्वय गरी जय शर्माबारे थप खोजबिन सुरु गर्यो ।

जय शर्मा नामका व्यक्ति जेके नै थिए

जब सिआइबी टोलीले जय शर्माबारे थप खोजबिन गर्यो, ती व्यक्ति जय शर्मा नामका भारतीय नागरिक नभएर जेके भन्ने जयकिशोर साह नै भएको खुल्यो, तब सिआइबी टोलीले आफ्नो स्पिड बढायो । जयकिशोरले भारतमै जय शर्माका नाममा आधारकार्ड बनाई बसोबास गरिरहेको पत्ता लागेपछि सिआइबी टोली आफै भारतको लखनऊ पुग्यो ।

काठमाडौंबाट सिआइबीका डिएसपीको कमाण्डमा टोली भारतको लखनऊ पुग्यो र जय शर्माको नाममा भारतको लखनऊमा बसिरहेका जेके भन्ने जयकिशोर साहलाई पक्राउ गरी नेपाल ल्यायो ।

अभियुक्तले खोले हत्याको कारण

सिआइबी टोलीले अभियुक्तलाई पक्राउ गरेलगत्तै अभियुक्तले आफ्नो आरोप स्वीकार गरेको सिआइबीले जनाएको छ । पक्राउ गरी नेपाल ल्याएपछि भएको प्रारम्भिक बयानमा जयकिशोरले आफूहरुलाई गाली गरेको कारणले आफू र साथी प्रताप राना मिलेर ‘साहु’को हत्या गरेको बताएका छन् ।

मोरङ जिल्लाको डाँगीहाट गाविस वडा नम्बर–८ स्थायी घर भइ काठमाडौँको सीतापाइलामा काठको मिल सञ्चालन गर्दथे नातीकाजी सुवेदी । काठमाडौँमा नातीकाजी, उनकी श्रीमती सानु सुवेदी र छोरा बस्दथे । नातीकाजीको व्यापार व्यवसाय पनि राम्रै चलिरहेको थियो । उनले आफ्नो काठ मिलका काम गर्नका लागि सर्लाहीका जय किशोर शाह र बाँकेका प्रताप रानालाई राखेका थिए ।

काम गर्ने क्रममा काम बिगारेपछि नातीकाजीले सबैका अगाडि उनलाई गाली गरेको जेके भन्ने जयकिशोरले बताएका छन् । आफूहरुलाई गाली गरेपछि आवेगमा आएर खुकुरी प्रहार गरी साहु र साहुनीको हत्या गरेको र साहुको छोराको हत्या प्रयास असफल भएको जयकिशोरले सिआइबीको प्रारम्भिक बयानमा बताएका छन् ।

हत्या गर्ने मनशायले नै आक्रमण गरेको भएपनि साहुको छोरा भने बाँच्न सफल भएका थिए । साहुका छोरा अर्थात् विलभ सुवेदीकै पहिचानका आधारमा अभियुक्तलाई पक्राउ गर्न सफल भएको सिआइबीले जनाएको छ ।

अर्का अभियुक्तको नजिक पुगेको सिआइबीको दाबी

१४ वर्ष पुरानो सीतापाइला हत्याकाण्डका एक अभियुक्त जेके भन्ने जयकिशोर साहलाई पक्राउ गरेलगत्तै सिआइबीले अर्का अभियुक्त प्रताप रानाको नजिक पुगेको दाबी गरेको छ । अब उनलाई पनि चाँडै पक्राउ गरिने सिआइबीले बताएको छ ।

ठूलो सफलता : डिआइजी थापा

सिआइबी प्रमुख डिआइजी सहकुलबहादुर थापाले अभियुक्त नै पहिचान गर्न नसकिएको १४ वर्ष पुरानो हत्याकाण्डका अभियुक्तलाई पक्राउ गर्नु सिआइबीको ठूलो सफलता भएको बताए । सामान्य अनुमानका भरमा अपराधीसम्म पुग्न सफल भई पक्राउ गर्न सक्नु ठूलो सफलता भएको भन्दै गम्भीर अपराधका घटनाका फरार अपराधीको खोजीमा सिआइबी सक्रिय रहेको भन्दै थप सक्रियता बढाउने थापाले बताए ।

सोमबार, असार २९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.