विश्व नै कोभिड १९ को सन्त्रासमा छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै विभिन्न कार्यालय तथा व्यक्तिगत कामहरु ‘भर्चुअल’ माध्यमबाट भइरहेका छन् । ‘भर्चुअल’ माध्यमबाट लकडाउनकै क्रममा विभिन्न सरकारी, बैंकिङ, पत्रकारीता लगायतका क्षेत्रहरुमा काम संचालन भए ।
शहरी क्षेत्रमा बसेका र इन्टरनेटको सहज पहुँच भएकाहरुका लागि त यो माध्यम निकै सहज बन्यो । तर, गाम्रीण तथा विकट क्षेत्रका स्थानीय तह, विद्यालय तथा सरकारी कार्यालयहरुमा भने ‘इन्टरनेट’ पहुँच सहज नहुँदा निकै समस्या भएको गुनासाहरु बढेका छन् । यसैबीचमा सुदूरपश्चिम प्रदेशका विकट जिल्लाहरुलाई लक्षित गर्दै नर्मदा इन्फोसिस ग्रामीण क्षेत्रमा वायरलेस इन्टरनेट ढल्त्ऋ लिज लाइन जडानको अवधारणा लिएर अघि बढेको छ । ३ वर्षदेखि निरन्तर प्रभावकारी रुपमा काम गर्दै आएको नर्मदा इन्फोसिसले दुर्गम क्षेत्रमा स्थिर वायरलेस ब्राँडब्यान्ड नेटवर्कहरु परिचालनको काम गरेको छ । यस महामारीकै बीचमा नर्मदाले दार्चुला, बैतडी, अछाम र बाजुराका विभिन्न कार्यालयहरुमा यस इन्फोसिसले वायरलेस नेटवर्क जडान गरेको छ ।
साथै, प्युठानमा एक वर्षदेखि टेलि मेडिसिन संचालनमा ल्याएको इन्फोसिसका फाउन्डर विशिष्ट भट्टले जानकारी दिए । आस्क फाउन्डेशनसँग मिलेर गरेको प्युठानमा टेलि मेडिसिन संचालनमा आएको हो । त्यस्तै, इन्फोसिसले ‘कोलिबिरी अफलाइन लर्निङ सफ्टवेयर’ पनि संचालनमा ल्याएको छ । यसको नेपाली भर्सन पनि चाँडै बजारमा आउँदै गरेको उनले समाचार दैनिकलाई जानकारी दिए । त्यस्तै बाजुरामा ‘कन्र्सन बाजुरा अनाथालय’लाई कुनै शुल्कबिना नै इन्टरनेट सेवा प्रदान गरेको छ ।
यस महामारीको अवधिमा नर्मदा इनफोसिसले सम्पन्न गरेका परियोजनाहरु
१) हामीले सफलतापूर्वक ३ दिन भित्र लेकम गा.पा. (दार्चुला)मा इन्टरनेट जडान ।
२) हामीले नौगड गा.पा. (दार्चुला) मा १५ एमबीपीएसको ब्यान्डविथ ईन्टरनेट जडानको साथ, एक हप्ता भित्र एक कोर राउटर र स्विच स्थापना । हाल हामी नौगडमा इन्टरनेट जडान पनि निगरानी ।
३) डिलाशैनी गा.पा (बैतडी)को ५ स्थानहरू मध्ये, हामी ३ ठाउँमा ईन्टरनेट सुविधा स्थापना ।
४) हामी खप्तड छेदेदह गा.पा. बाजुरामा नयाँ नेटवर्क परिचालन ।
५)हामीले खप्तड छान्ना गा.पा. बझांगको इन्टरनेट जडान १ एमबीपीएसबाट पाँच एमबीपीएसमा अपग्रेड ।
नेपालका हरेक कुनामा सेवा पुर्याउनेगरी इन्फोसिस लागिपरेको छ ।