महेन्द्रनगर ,। सुदूरपश्चिमकै मुटुको टुक्रा मानिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको देवीदल गणले भीमदत्त नगरपालिका-१६ परखेठीमा एक बालउद्यान निमार्णका गरेको छ ।
सेनाले बालउद्यान निमार्णका लागि २५ लाख सहयोग गरेको हो । भीमदत्त नगरपालिका र नेपाली सेनाको सहकार्यमा उक्त बालउद्यान निमार्ण गरिएको हो । नगरपालिकाले २० लाख र सेनाको २५ लाखको सहयोगमा बालउद्यान निमार्ण सम्पन्न भएको छ ।
देवीदल गणका गणपति राजु बस्न्यातले “सेनाको समुन्वयमा निमार्ण गर्ने भनिएको बालउद्यान निमार्ण सम्पन्न पछि हस्तान्तरण गर्दा गौरवान्वित भएको बताए ।
सरस्वती माध्यमिक विद्यालय परखेडीको विद्यालय व्यवस्थापन समितिले २०७६ साल श्रावणमा नेपाली सेना र भीमदत्त नगरपालिकासँग समन्वय गरेर विद्यालयको एक विगाहा क्षेत्रफलमा विद्यालयको लागि सहयोग स्वरुप बालउद्यान निर्माण गर्ने योजना बनाएको थियो ।

वाल उद्यान हस्तान्रण कार्यक्रममा सेनाले वाल उद्यान निमार्णमा सहयोग गर्ने स्थानिय सरकार तथा स्थानियको महत्वपुर्ण सहयोग भन्दै प्रशसंनिय कार्य भएको जनाएको छ । आउँदा दिनमा पनि सेनाले यस्तै आम नागरिक माझ सहकार्य गरेर थप कार्यक्रम गर्दै जाने सेनाले जनाएको छ । “देवीदल गणको तर्फबाट यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग हुदै आएको छ ।
”देवी दल गणका गणपति राजु बस्न्यातले भने, “ स्टेस्नरी, खेलकुद, मेडिकल क्याम्प, लगायत अरु क्षेत्रमा सहयोग गरिएपनि बालउद्यान निमार्णमा भने अहिले सम्मकै ठूलो र पहिलो कार्यक्रम हो ।” गणपति बस्न्यातका अनुसार , गएको गणले अहिले सम्म आफ्नै मेडिकल क्याम्प खडा गरेर समय समयमा झण्डै ५ लाख बराबरको औषधी निशुल्क वितरण र उत्तिकै सङ्ख्यामा बिरामीको निशुल्क उपचार पनि गरिरहेको छ ।

सेनाले यसअघि पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरुमा समाजिक सहयोगी भूमिका खेल्दै आएको थियो । गणकै विशेष सहयोगमा विद्यालयसँग सहकार्य गरेर बालउद्यान निर्माण गरिएको छ ।
यस्तै वाल उद्यानमा घेरवार, गेट, खेलौना, माटो भरान, ग्रावेल, रोलिङ, वाटरिङ र गोलभर बनाउने लगायतका काम सम्पन्न भएको छन् । र शौचालय, खानेपानी, पालेघर निमार्ण गर्ने, र वृक्षारोपण गर्ने लगायतका कार्यहरु भने बाँकी रहेका छन् ।
फोटो सौजन्य : देविदल गण मझगाउँ कंचनपुर