काठमाडौं, : राष्ट्रिय मानवअधिकार आयोगले पीसीआर परीक्षणलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।
आयोगले काठमाडौंका ढलमा समेत कोरोना भाइरस देखिएको भन्दै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरेको हो। आयोगले ढलमा भेटिएको कोरोना भाइरस समुदायमा फैलिएको हुन सक्ने जनाएको छ।
आयोगले विज्ञप्तीमार्फत भनेको छ, ‘काठमाडौं उपत्यका जस्तो घना बस्ती भएको ठाउँमा समुदायमा संक्रमण फैलिएमा स्थिती भयावह हुन सक्छ।’ आयोगले कोरोनाको बढी प्रभावित क्षेत्र र स्थानको पहिचान गरी रोकथाम तथा नियन्त्रणमा ध्यान दिन सुझाव दिएको छ।