धनगढी,२१ असार- सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा प्रत्रकार कमल सावदमाथि हातपात गरिएको छ।
आईतबार दिउँसो रिर्पोटिङका लागि कृषि मन्त्रालय पुगेका दिनेश खबरका संवाददाता कमल सावदमाथि पशुपंक्षी विकास महाशाखाका प्रमुख डाक्टर हेमराज अवस्थीको कार्यकक्षमै धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका ठक्कर देउवाले दुब्यावहार गर्दै हातपात गरेका हुन्।
म मन्त्रालयमै भएका बेला भेटौँ भनेर फोन गरेका थिए। मैले उतै आउनुहोस् भनेर बोलाएको थिए।’ पत्रकार सावदले भने, ‘समाचार लेखेर मेरो बदनाम गरेको भन्दै कर्मचारीकै सामू म माथि हातपात गरी कुटपिट प्रयास गरे।
