अछाम ।रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ। वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो।
बिहान घाँस काट्न गएको बेला उनको घाँस काट्दै गर्दा चिप्लो भीरबाट खसेर घटनास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनु भयो। उनकी श्रीमतिको पनि गत बर्ष भीरबाट खसेरै ज्यान गएको थियो। लोकेन्द्र खसेको भन्दा केही तलको भीरबाट खसेर उनकी श्रीमतीको ज्यान गएको थियो।
रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ। वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो।
बिहान घाँस काट्न गएको बेला उनको घाँस काट्दै गर्दा चिप्लो भीरबाट खसेर घटनास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनु भयो। उनकी श्रीमतिको पनि गत बर्ष भीरबाट खसेरै ज्यान गएको थियो।
लोकेन्द्र खसेको भन्दा केही तलको भीरबाट खसेर उनकी श्रीमतीको ज्यान गएको थियो। आमाबुवा दुबैको भीरबाट खसेर ज्यान गएपछि उनको ५ जना नाबालक छोराछोरीको बिचल्ली भएको छ।
१ छोरा र ४ छोरी रहेका उनको एकमात्र साहार बृद्ध अवस्थामा रहनुभएकी हजुरआमा मात्रै रहनु भएको छ। उनको अवस्था पनि निकै कमजोर रहेको उनका आफन्त डम्बर रोकायाले बताउनु भयो।
आमाबुवा दुबैको भीरबाट खसेर ज्यान गएपछि उनको ५ जना नाबालक छोराछोरीको बिचल्ली भएको छ। १ छोरा र ४ छोरी रहेका उनको एकमात्र साहार बृद्ध अवस्थामा रहनुभएकी हजुरआमा मात्रै रहनु भएको छ। उनको अवस्था पनि निकै कमजोर रहेको उनका आफन्त डम्बर रोकायाले बताउनु भयो।