धनगढी, १८ असार- नेपाल भारत सिमा सुरक्षा बैठकमा मोहना आर्यघाटमा नेपालीहरुले दाहासंस्कार गरिरहेको बिषय उठान गरेको छ । दुईसाता अघी मात्रै गौरीफन्टामा बसेको कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सहित भारतको लखिमपुरखिरी जिल्लाका डिएमको अनौपचारीक बैठकमा अहिले नेपालीहरुले दाहासंस्कार गरिरहेको मोहना आर्यघाटन भारतको भएकाले त्यहाँ नगर्न आग्रह गरेको बताईएको छ ।
स्थानीय प्रशासनको आग्रह अनुसार धनगढी उप–महानगरपालिकाले त्यसको बिकल्पको रुपमा धनगढी उप–महानगरपालिका वडा नं ९ र १ को बिचमा रहेको त्रिवेणी घाट र वडा नं ३ मा रहेको वालका मन्दिर पछाडीको घाटमा दाहासंस्कार गर्न नगरवासीमा अनुरोध गरेको छ ।
धनगढी उप–महानगरपालिका वडा नं २ का अध्यक्ष नरबहादुर बमले नगरवासीको जानकारीका लागि यहाँ दाहासंस्कार नगर्न भनेर बोर्डहरु राख्ने काम भएको बताए । उनले भने, जतिबेला पनि भारतीयले सव उठाउन सक्ने अवस्था आउने संकेत आउन थालेकाले आफ्नै भूमीमा दाहासंस्कार गर्न नगरवासीमा अनुरोध गरेका हौं । कोरोना संक्रमित ४६ बर्षिय पुरुषको दाहासंस्कर मोहनाघाटमा गरेपछि भारतले यो मुद्धा उठाएको बुझिएको छ ।