बारा १८ असार- चट्याङ्ग लागेर बारामा चार जना महिलाको मृत्यु भएको छ। बिहीवार बिहानै देखि भएको बर्खामा चट्याङ्ग पर्दा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ सितलपुर र फेंटा गाउपालिका वडा नं १ मा गरि ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सितलपुर स्थित खेतमा रोपाइ गरि रहेकी ३५ वर्षीय आशादेवी महतो , ४५ वर्षीय हलिमा खातुन रहेकी छन्।
उता फेंटामा भने घर मैं चट्याङ्ग लाग्दा एकै परिवारका ३० वर्षीय इन्दु देवी महतो , ४० वर्षीय सुनरपति देवी महतोको घटान स्थलमा नैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रवक्ता गौतम मिश्रले बताए। चट्याङ्ग लागेर फेंटामा अन्य ५ जना घाईते भएका छन्।
घाइतेहरूलाई अस्पताल लगिएको र मृतकलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए।