मिना साँउद
काठमाण्डौ १७ असार- कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा गरिएको लकडाउनको बुधबार सय दिन पुरा भएको छ । लकडाउनले गर्दा देशको अर्थतन्त्र धारासायी हुनुका साथै जनजिन अस्थव्यस्त भएको छ ।
असार १ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाइएको छ । तर, कोरोना संक्रमित बढेको काररण सरकारले नयाँ मोडालिटीमा पुनः साउन ७ गतेसम्म कायम राख्ने निर्णय सरकारले गरेको छ ।नेपालमा दोस्रो कोरोना संक्रमित देखिए लगत्तै यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत्र ११ गते देश व्यापीरुपमा लकडाउनको घोषणा गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डां जागेश्वर गौतमले लकडाउनको सय दिन पुगि रहदा स्वास्थ्य मन्त्रालयले यो अवधिमा कोरोना रोकथाम तथा नियन्त्रणका निम्ति गरेका प्रयासहरु र भविष्यमा कोरोना संक्रमितहरु बढ्दै गएको खण्डमा गर्ने बताउछन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले १५ असारपछि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गरिने बताउए । अहिले दैनिक ७ हजारको हाराहारीमा कोरोना परिक्षण भइरहेको र १० हजार पु¥याउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डां जागेश्वर गौतमले बताए ।
पहिलो पटक कोनोरा परिक्षणका लागि हङकङ पठाएको नेपालले हाल नेपालमै २ लाख १७ हजार बढी पिसिआर परिक्षण गरिसकेको छ । एउटा पनि परिक्षण नहुने देशमा हाल ७ हजारको हाराहारीमा परिक्षण भइरहेको छ । साउथ एसियन कन्ट्रिमा सबै भन्दा बढी नेपालमा कोरोना परिक्षण भइरहेको प्रवक्ता डां गौतमले बताए ।
सुदूरपश्चिममा परिक्षण क्षमता नै कम
सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा १० हजार १ सय ३० जनाको कोरोना परिक्षण भइसकेको छ भने ती मध्ये ८ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना परिक्षणको रिपोर्ट ढिलो आएको भन्दै परिक्षण रिपोर्ट नआउँदै गाउँघर गइसकेका व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिरहेको गुनासो आइरहेका बेला सेती अस्पतालको परिक्षण क्षमता नै कम भएको सेती प्रादेशिक अस्पातालका प्रवक्ता डा. दिलिप श्रेष्ठले बताए ।
२ जना मात्रै कोरोना संक्रमित देखिदा त्रसित बनेका नागरिक अहिले भने कोरोनालाई सामान्य रुपमा लिन थालेका छन् । कोरोना मानिसबाट मानिसमा सर्ने भएकाले सामाजिक दुरी कायम गर्न अवश्यक हुन्छ । तर यतिबेला नागरिकले सामान्य दुरी कायम गर्नेदेखि मास्क लगाएकोसम्म पाइदैन् । विश्व स्वास्थ्य संगठनले नै नेपालमा कोरोनाको महामारी फैलिन सक्ने जोखिम रहेको बताउदै आएको छ । यो अवस्थामा सरकारले अझै परिक्षण दायरा बढाउँदै लैजान पर्छ भने आम नागरिले पनि सरकारको मात्रै भर नपरेर आफैमा सजकता अपनाउनु पर्ने स्थानीयको भनाई छ ।