• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम सरकारको स्वरोजगार कोषबाट कर्जा प्रवाह नहुँदा एक अर्ब खातामै

धनगढीः सुदूरपश्चिममा प्रदेशमा विभिन्न क्षेत्रमा स्वरोजगार गर्न चाहाने लक्षित वर्गलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने उद्देश्य सहित गत वर्षको जेठमा प्रदेशसभाले प्रदेश स्वरोजगार विद्येयक पारित गरेको थियो।

उक्त विद्येयकका आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक नियमावली तथा कार्यविधी बनाएर कर्जा प्रवाह गर्न सक्ने भएपनि वेवास्ता गरिएपछि कोषमा रहेको एक अर्ब रुपैँया बैँकमै थन्कीएको छ।

सरकारले नियमावली तथा कार्यविधी बनाएर कोष परिचालन गरी कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, पसल तथा व्यापार एवंम् विभिन्न संघसंस्था मार्फत स्वरोजगारका कार्यक्रममा लगानी गर्न सक्ने भएपनि कुनै गतिविधी अगाडी नबढेका हुन्।

आफ्नो र जनप्रतिनिधीहरुको सेवा सुविधा बृद्धि गर्न पटक–पटक कानून संशोधन गर्ने सरकारले स्वरोजगारका कार्यक्रमलाई अगाडी बढाउन उदासिनता देखाएको आरोप लागेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले जनतालाई राहत हुने खालका कार्यक्रम ल्याएर कार्यविधी समेत नबनाउँदा बजेट खातामै थन्कीएको बताए। उनले आवश्यक कार्यविधी, नियमावली बनाएर कार्यान्वयन गर्नुपर्ने भएपनि सरकारको लाचारीपनका कारण लक्षित वर्ग कर्जाको लाभबाट वञ्चित भएको उनको बुझाई छ।

आर्थिक वर्ष २०७५÷७६ मा स्वरोजगार कोषमा एक वर्ष रुपैँया राखेको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभाबाट पारित भएको ऐनका आधार कार्यविधी नबनाउदा स्वरोजगार गर्न इच्छुक वर्ग वञ्चित भएका हुन्। चालु आर्थिक वर्षमा समेत स्वरोजगार कोषका लागि सरकारले २० करोड बजेट छुट्याएको छ भने अगामी आर्थिक वर्षका लागि ४० करोड रकम राखेको छ।

कोरोना महामारीपछि बेरोजगारी समस्या भयावह बनेका बेला स्वरोजगार कोषको रकमको आकार नै घटाएको सरकारले कोष परिचालन गर्न सकेको छैन्। तर आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता नवराज अर्यालले भने नयाँ अभ्यासका कारण ढिलाई भएको बताए।

उनले स्वरोजगार कोष परिचालनका लागि आवश्यक पर्ने कार्यविधी र नियमावली मस्यौदा भइसकेकाले छिट्टै मन्त्रीपरिषद्बाट पारित भइ कार्यान्वयनमा लगिने बताए। यता प्रदेश स्वरोजगार कोष सञ्चालक समितिका अध्यक्ष समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले भने केही प्राविधिक समस्याका कारण कोष परिचालनमा ढिलाई भएको दावी गरेका छन्।

उनले नियमावली पारित गर्दै आउँदो साउन भित्र सूचना जारी गरी कर्जा प्रवाह र बैँक तथा वित्तिय संघसंस्था छनौटको काम थालिने बताए।

कोरोना महामारीपछि भारत तथा तेस्रो मुलुकबाट फर्किएकाहरुलाई लक्षित गर्दै प्रदेश सरकारले स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग उठिरहेका बेला सुदूरपश्चिममा भने झण्डै डेढ वर्षदेखि स्वरोजगार कोषको रकम बैँकमै थन्कीएपछि लक्षित वर्गले लाभ लिन नसकेका हुन्।

साभार : दिनेश खबरबाट

बुधबार, असार १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.