कञ्चनपुरमा बस्ती प्रवेश गरेको चित्तलको उद्धार गरिएको छ।
लालझाँडी गाउँपालिका स्थित जाई गाउँमा प्रवेश गरेको चित्तलको मङ्गलवार उद्धार गरिएको सवडिभिजन वन कार्यालय लालझाडीले जनाएको छ।
चित्तललाई कुकुरले जङ्गलबाट लखेट्दै गाउँसम्म ल्याएको थियो लालझाडी सवडिभिजन कार्यालयका प्रमुख करुणाकर जोशीले भने।’ स्थानीयको सहयोगमा चित्तरको उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीफाँटामा छाडिएको छ।’