कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १० गड्डाचौकी स्थित नेपाल भारत सीमा नाका दशगजा क्षेत्रको फोहर व्यवस्थापनको कार्य गरिएको छ ।
सीमा क्षेत्रमा सहज रुपमा आवतजावत गर्न सघाउ पु¥याउनका लागि सशस्त्र प्रहरीले फोहर व्यवस्थापनको कार्य गरेको हो । सीमा नाकालाई सफा सुग्घर बनाउन र फोहोरबाट उत्पन्न हुने संक्रामक रोग लाग्नबाट जोगाउनका लागि सरसफाइको कार्यसँगै फोहर व्यवस्थापनको कार्य गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले बताए ।