धनगढी, १ असार
मुक्तिका लागि साझा अभियानले धनगढी उप–महानगरपालिका १ स्थीत त्रिनगर माध्यमिक विद्यालयमा क्वारेन्टीनमा राखिएकाहरुलाई ५ दिन देखि खाना खुवाईरहेको छ ।
नेपाली काँग्रेस क्षेत्रीय सदस्य तथा नेपाल तरुण केन्द्रिय प्रतिनिधि अमृत बिसीका अनुसार मुक्तिका लागि साझा अभियानले दैनिक २ सय जनालाई खाना खुवाई रहेको छ । हामीले उनिहरुलाई स्वच्छ आफ्नै हातमले पकाएर खाना खुवाईरहेका छौं बिसीले भने, मानविय सेवामा काम गर्न पाउँदा मुक्तिका लागि साझा अभियानका सदस्यहरु खुसी छौं ।
त्यसैगरी खाना खुवाउने कार्यमा खटिएकाहरुको पहिचान खुल्नेगरी तयार पारेका २० वटा टिसर्टहरु नेपाली काँग्रेस क्षेत्रीय सदस्य तथा नेपाल तरुण केन्द्रिय प्रतिनिधि बिसिले साझा अभियानका संयोजक प्रेम विसिलाई हस्तान्तरण गरेका छन् ।
