धनगढी, ३२ जेठ– पछिल्लो २४ घण्टामा नेपालमा चार सय २५ कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये तीन सय ७५ जना पुरुष र ५० जना महिला रहेका छन्।
आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा चार सय २५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार सात सय ६० पुगेको प्रवक्ता गौतमले जानकारी दिए। अहिलेसम्म नौँ सय ७४ जना डिस्चार्ज भएका छन्।