हरिलाल जोशी
-“मानवीय सेवामा अनेकौँ प्रयास” (साईन नेपाल ) नामक संस्थाका अध्यक्ष भक्तराज जोशीले व्यक्तिगत सहयोगमा कंचनपुरको पुनर्वासमा रहेका पन्ध्र ओटा सशस्त्र प्रहरी पोष्टहरुमा सेनिटाईजर वितरण गरेका छन् ।
शनिबार बिहानै धनगढीबाट पुनर्वास पुग्नु भएका जोशीले पुनर्वास नगरपालिकामा रहेका तिन ओटा सशस्त्र प्रहरी बल ,बिओपीहरु अन्तर्गतका डोकेबजार देखि बिचफाटा सम्मका सशस्त्र पोष्टहरुमा ९० बोत्तल सेनिटाईजर बितरण गरेका हुन् ।
सिमा नाकामा आफ्नो ज्यानको स्वास्थ्य सुरक्षाको कुनै प्रवाह नगरी रात दिन नभनी खटिएका सशस्त्र प्रहरीहरुलाई केही सुरक्षाको अनुभुति दिलाउन सेनिटाईजर उपलब्ध गराएको साईन नेपालका अध्यक्ष जोशीले बताए ।

अध्यक्ष जोशीले गौरीफण्टा नाका भएर भारतबाट आउने सुदुरपश्चिमका तराई तथा पहाडी क्षेत्रका विभिन्न स्थानिय निकायका व्यक्तिहरुलाई खाजा ,पानी,मास्क ,सेनिटाईजर र मोबाईल रिचार्ज गरि सहयोग गर्नुका साथै बिचल्लीमा परेकाहरुको उद्धार गर्दै आएका छन् ।
सेनिटाईजर प्राप्त गर्दै सशस्त्र प्रहरीहरुले यस्तो विपदको समयमा स्वास्थ्य सुरक्षाको सामाग्री सहयोग गर्नुभएकोमा हृदय देखि नै अध्यक्ष जोशीलाई धन्यवाद दिनुको साथै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखेको बताएका थिए ।
अध्यक्ष जोशी करिब २२ दिन अघि देखि सिमा नाका गौरीफण्टामा स्वतस्फूर्त रुपमा आफ्नो स्वास्थ्य सुरक्षालाई समेत ख्याल नगरी निरन्तर समाजसेवामा तल्लिन भएका देखिन्छन् । उहाँ सिमा नाकामा उद्धार कार्यमा मात्रै नभई यश अघि संस्था मार्फतबाट तराई तथा पहाडी क्षेत्रका केही स्थानीय निकायहरुमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री समेत सहयोग गर्दै आउनु भएको छ ।