• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरको भेटेनरी अस्पतालका उपकरण लिन आएको सेतीको टोलीलाई रित्तै फिर्ता पठाईयो

कञ्चनपुरको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ल्याबमा रहेका उपकरण लिन आएको सेती प्रादेशिक अस्पतालको टोली रित्तै धनगढी फिर्ता भएको छ ।
शुक्रबार महेन्द्रनगरस्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रयोगशाला(ल्याब)का उपकरण लिन सेती अस्पताल आपुर्ति शाखाको टोली कञ्चनपुर पुगेको थियो । तर टोलिले उपकरण नलिई फिर्ता भएको छ ।

सेती अस्पतालको टोलीलाई महाकाली अस्पताल विकास समितिका अध्यक्ष लगायत मानव अधिकारकर्मीको टोलिले उपकरण लिन नदिएको बताईएको छ ।
कञ्चनपुरमा कोरोना परिक्षण ल्याब सञ्चालन गर्ने तयारी भईरहेका बेला ल्याबका लागि चाहिने उपकरण लिन आएको टोलिलाई रित्तै फिर्ता पठाईएको हो ।

महाकाली अस्पताल विकास समितिका अध्यक्ष कष्णादत्त जोशीले कञ्चनपुरलाई नै आवश्यक पर्ने उपकरण कैलाली लैजान थालेपछि आफुहरुले रोकेको बताए । उनका अनुसार सेती अस्पतालले पत्रसहित कञ्चनपुरको भेटेनरी अस्पतालका उपकरण लिएर आउन पत्रसहित टोलि महेन्द्रनगर पठाएको थियो । अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर हेमराज पाण्डेले पत्र सहित टोली महेन्द्रनगर पठाएका हुन् ।

पिसिआर परिक्षणका लागि आवश्यक ल्याबका लागि चाहिने केही उपकरण भेटेनरी ल्याबमा रहेको उनको भनाई छ । ‘कोरोना परिक्षणका लागि हामी आफै मेसिन खरिद गरेर ल्याप स्थापना गर्दैछौँ’ अध्यक्ष जोशीले भने ‘ल्याब स्थापना गर्दा ति उपकरण हामीले किन्नु पर्दैन्, त्यसैले यताको सामान यतै प्रयोग हुनुपर्छ ।’
जिल्ला समन्वय समितिले बोलाएको बैठकबाटै मानव अधिकारकर्मी, पत्रकारसहितको टिम भेटेनरी अस्पतालमा रहेका प्रयोगशाला हेर्न जाँदा उपकरण लिन आएको सेतीको टोलीसँग भेट भएको उनको भनाई छ ।

साथै पशु अस्पतालको प्रयोगशालामा पुर्वाधार थपेर कोरोना परिक्षणका लागि सहज हुने उनको दावि छ । धनगढीमा रहेको कोरोना परिक्षण ल्याब पनि भेटेनरी अस्पतालको प्रयोगशाखामा नै स्थापना गरिएको छ ।

सेती अस्पतालले पशु विभाग भेटेनरी विभागकै अनुमतीमा उपकरण लिन टोली पठाएको बुझीएको छ । उक्त उपकरणको मुल्य करिब ४० देखि ५० लाखसम्म पर्ने बताईएको छ ।

त्यस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पान सिंह ठगुन्नाले सेती प्रादेशिक अस्पतालले लिन चाहेको उपकरण आफुहरुसँग नभएको बताए । उनले सेती अस्पतालले केन्द्रको ल्यापमा रहेको केही उपकरण लिन टोली पठाएको भएपनि उक्त उपकरण आफुहरुसँग नरहेको बताए ।

साथै सेतीको टोली आवश्यक उपकरण नपाएपछि आफै फिर्ता भएको उनको दावि छ । साथै केन्द्रको प्रयोगशालामा कोरोना परिक्षण ल्याब स्थापना गर्न पुर्वाधार आवश्यक पर्ने बताए ।

भाईरस परिक्षणका लागि बोयो सेक्युरेटी लेभल–२ अनुसारको ल्याब आवश्यक पर्ने भएकाले त्यो विज्ञ केन्द्रसँग उपब्लध नभएको उनको भनाई छ ।

शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.