धनगढी २९ ,जेठ- नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले यहि शुक्रबार सम्म थप तिन वटा पिसिआर परिक्षण गर्न मेशिन सुदूरपश्चिम प्रदेश आउने बताएका छन ।
सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण , उपचार एवं अन्य आवश्यकताको पूर्तिलाइ अझै प्रभावकारी र सहज बनाउने उद्देश्य सहित विभिन्न अन्य सरोकारवालाको टोली सहित धनगढी पुगेका भट्टले २ वटा पहाडी जिल्ला र एउटा कञ्चनपुरका लागी पिसिआर मेशिन ल्याउन लागिएको बताएका हुन ।
आज धनगढी विमानस्थलमा प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशमा कोरोनाको असर कम गर्न तथा भारत लगायतका मुलुक बाट फर्कीएका हरुलाई उद्यमशिलता तथा नेपालमै श्रम गर्न सम्भाव्यता बारे पनि छलफल गरिने जानकारी दिए ।
मन्त्री भट्टको नेतृत्वमा उद्योग सचिव चन्द्र कुमार घिमिरे, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट लगायत मन्त्रालयसँग लघु,घरेलु तथा साना उद्यमीहरूको प्रबर्द्धनमा सहकार्य गर्दै आएको युएनडिपीका प्रतिनिधिहरू सहितको एक उच्चस्तरीय टोली धनगढी पुगेको हो ।
